Admission Open

टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा आजबाट सुरु

काठमाडौँ : टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजबाट
ललितपुरको भनीमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन
गर्दैछ ।
यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुलेकुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा
रु.२५,००० सम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै ०% ब्याजमा टिभिएस आईक्युब खरिद पनि
गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरि जम्मा रु.१,०७,००० को डाउनपेमेन्टमा नै टिभिएस आईक्युब
खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि
एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन्।

टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो
एक्सचेन्ज एक्ट्राभगान्जा मब्सिर २८ गते देखि पुस २ सम्म हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...