Admission Open

शाओमीको बजेट मैत्री रेड्मी १३ सि स्मार्टफोन नेपालमा 

काठमाडौँ : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ सि लन्च गरेको छ । मेडियाटेक हेलिओ जी ८५ प्रोसेसर सहित उपलब्ध यस नया  रेड्मी १३ सी ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृस्ट अनुभव प्रदान गर्ने कम्पनिले  जनाएको  छ । शाओमीले रेड्मी १२ सि को सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सि लिएर आएको हो ।
यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री मनु मनस्वीज्यु ले भन्नुभयो, “रेड्मी १३ सि को स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिले स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्डर्ड तय गर्नेछ भन्ने हामीलाई विश्वास लिएका छौ । इनोभेसन, स्टाइल र पर्फमेन्सको उत्कृस्ट मिश्रण प्रदान गर्ने लक्ष्यलाई हामीले रेड्मी १३ सि मा पनि कायम राखेका छौँ।”
प्रोसेसिङ पावर र स्टोरेज कन्फिगरेसनः
रेड्मी १३ सि १२ एनएमको प्रोसेस र मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित छ जसले स्मुथ पर्फरमेन्स सुनिश्चित गर्दछ । रेड्मी १३ सि ६ जिबी  + १२८ जिबी र रेड्मी  सि –श्रृङ्खलामा पहिलो पटक– ८ जिबी+२५६ जिबी भेरिएन्टहरुमा उपलब्छ छ ।
स्लिक डिजाइन र डाइमेन्सनः
रेड्मी १३ सि १६८ एमएमको लम्बाई, ७८ एमएमको चौडाइ, ८.०९ एनएमको मोटाई  तथा १९२ ग्राम तौलमा उपलब्ध छ ।
उत्कृष्ट डिस्प्लेः
रेड्मी १३ सि १६००ह७२० को रिजोल्युसनको साथ ६.७४ इन्चको डट ड्रप डिस्प्लेमा उपलब्ध छ जसले ४५० निट्स (टाइप) र ६०० निट्स एचबीएमको ब्राइटनेसको साथ सुन्दर डिस्प्ले प्रदान गर्दछ । यसको डिस्प्लेले ९० हर्ट्जसम्मको रिफ्रेस रेट समेत प्रदान गर्दछ ।
उत्कृष्ट क्यामेरा फिचर :
रेड्मी १३ सि मा ५० मेगापिक्सेलको एआई ट्रीपल  क्यामरा रहेको छ। यसै गरी  फोनमा  नाइट मोड, पोट्र्रेट मोड, ५० मेगापिक्सेल मोड र टाइम–ल्याप्सहरु जस्तै उत्कृष्ट क्यामरा फिचरहरु पनि उपलब्ध छ ।  यसको रियर क्यामराले १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसको भिडियो रेकर्डिङ सपोर्ट गर्दछ । साथै यसको ८ मेगापिक्सेलको फ्रन्ट क्यामाराले पनि  १०८०  पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसमा  भिडियो रेकर्डिङ गर्दछ ।
लङ लास्टिङ ब्याट्री र फास्ट चार्जिङः
रेड्मी १३ सिको ५००० एमएचको ब्याट्रीले १८ वाटको पिडी चार्जिङ र युएसबी टाइप सि सर्पोट गर्दछ । १० वाटको एडाप्टर सहित आउने यस रेड्मी १३ सि लाई कम्पनीले अप्टिमल चार्जिङको लागि १८ वाट वा माथिको एडाप्टर रेकमेन्ड गरेको छ ।
सेकुरिटी फिचर र कनेक्टीभिटीः
रेड्मी १३ सि को साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक फिचरले प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्दछ। साथमा यो स्र्माटफोनमा  एनएफसी कम्प्याटिबिलिटी, डुअल सिम र माइक्रोएसडी सर्पोट तथा ४ जि, ३ जि र २ जि नेटवर्कपनि  उपलब्ध छ ।
उत्कृष्ट अडियो अनुभव :
रेड्मी १३ सि मा ३.५ एमएमको हेडफोन ज्याक र एएसी÷एसबिसीको सर्पोट सहितको ब्लुटुथ ५.३ उपलब्ध हुन्छ । यो डिभाइस एन्ड्रोइड १३ मा आधारित मी युआई  १४ मा चल्दछ जसले सुविधा सम्पन्न र सहज इन्टरफेस प्रदान गर्दछ ।
नेभिगेसन र पोजिसनिङः
रेड्मी १३ सि ले जिपिएस, ग्लोनास, ग्यालिलियो र बेइडौ सर्पोट गर्दछ जसले गर्दा यसले सटीक नेभिगेसन र पोजिसनिङ प्रदान गर्दछ ।
सेन्सर र अपरेटिङ सिस्टमः
रेड्मी १३ सि मा भर्चुअल प्रोक्सिमिटी सेन्सर, एम्बियन्ट लाइट सेन्सर, एक्सेलेरोमिटर र इलेक्ट्रोनिक कम्पास जस्ता विभिन्न सेन्सरहरू उपलब्ध छन्  ।

Specs:

Redmi 13C
Display & Design ·     6.74″ Dot Drop display

1600×720, 260 ppi

Brightness: 450 nits (typ), 600 nits HBM

Refresh rate: Up to 90Hz

Supports Reading mode

DC dimming

Corning® Gorilla® Glass screen

Rear Camera ·        filmCamera | HDR mode | Night mode | Portrait mode | 50MP mode | Time-lapse

·        50MP main camera

5P lens, f/1.8

·        2MP macro camera

f/2.4

·        Auxiliary lens

·        Rear camera video features1080P 1920×1080 30fps

720P 1280×720 30fps

Front Camera ·        filmCamera | HDR mode | Soft-light ring | Portrait mode | Time-lapse

·        8MP front camera

f/2.0

·        Front camera video recording

1080P 1920×1080 30fps

720P 1280×720 30fps

Processor ·        MediaTek Helio G85 processor

12nm process, octa-core

CPU:

Arm Cortex-A75 @ 2.0GHz

Arm Cortex-A55 @ 1.8GHz

GPU: Arm Mali-G52 MC2

Battery & Charging ·        5000mAh battery (typ)

·        Supports 18W PD charging

·        *10W power adapter is included in the box.

Security ·        Side fingerprint sensor

·        AI face unlock

Network & Connectivity ·        Dual SIM + microSD

·        Network bands:

Supports 4G / 3G / 2G

2G: GSM:2/3/5/8

3G: WCDMA:1/5/8

4G: LTE FDD: 1/3/5/7/8/20/28

4G: LTE TDD: 38/40/41

·        Wireless Networks

Wi-Fi: 2.4GHz | 5GHz

Bluetooth 5.3

Supports AAC / SBC

Supports FM radio (with headphone jack)

Navigation & Positioning ·        GPS | Glonass | Galileo | Beidou
Operating System ·        MIUI 14 based on Android 13

 

उपलब्धता :
रेड्मी १३ सि ६+१२८ जिबी र ८+२५६ जिबी को स्टोरेज भेरियन्टमा मिडनाइट ब्ल्याक, नेभी ब्लू र क्लोभर ग्रीन गरी तीन आकर्षक रंगहरूमा उपलब्ध हुनेछ ।
त्यस्तै ६+१२८ जिबी र ८+२५६ जिबी भेरियन्टको मूल्य रु. १५,९९९ र रु.१८,९९९ रहेको छ।
रेड्मी १३ सि माघ ३ बाट नेपालभरका सबै आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...