Admission Open

ad place

बाँसका सामग्री बनाएर आम्दानी गर्दै डोम समुदाय

काठमाडौँ, ३० कार्तिक : छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ । अहिले उनीहरु डालो, नाङ्लो र टालु टपरी बनाउन व्यस्त छन् ।

मनरासिस्वा नगरपालिकाका ५० वर्षीय बिजु डोमले भने, ‘जीवनका हरेक दुःख विर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने पर्व छठ हो ।’ छठ पर्वमा विभिन्न परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ६० वर्षीया मालती डोमिनले बताइन् ।

गौशाला नगरपालिकाकी ५५ वर्षीया केवली डोमले भनिन्, ‘कात्तिक लाग्ने वित्तिकै बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ । यी वस्तु बजारमा बेच्दा मनग्य आम्दानी हुन्छ ।’

छठपर्व मनाउनेले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्लो र टालुटपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात बाँसबाट बनेका सामग्री आवश्यक पर्ने जनाइएको छ । सम्सी गाउँपालिकाका ६० वर्षीय बुधो डोमले छठ पर्वका लागि बाँस सामग्रीका बनाउने गरेको बताए । (रासस  )

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...