Admission Open

शाओमी प्याड-६ संगै प्याड-६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा 

काठमाडौं, ११ भदौ / ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ रिलिज गर्ने भएको छ । केवल ४९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाई भएको यो प्याड ६ एकदमै हलुका र उपयोगी छ । साथै, आईपी ५३ रेटेड भएकोले यसले कुनैपनि समस्या बिना केहि मात्रामा पानी र धुलो पनि ह्यान्डल गर्न सक्छ । इमेल र कल जस्ता कामका लागि प्रयोग गर्न सकिने ट्याब्लेट खोजिरहेका व्यक्तिहरूका लागि शाओमी प्याड ६ एउटा कम्प्याक्ट अल–इन–वान सोल्युशन हो । साथै भिडिया हेर्ने वा संगित सुन्ने जस्ता रमाइलो कुराहरूका लागि पनि शाओमी प्याड ६ प्रयोग गर्न सकिन्छ । शाओमीले यस प्याड ६ सँगसँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेशन पनि रिलिज गर्ने तयारी गरेको छ ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, श्री मनु मनस्वीले भन्नुभयो,“शाओमी प्याड ६ बजारमा ल्याउन पाउँदा हामी उत्सहित छौँ । हामीले सबैको जीवनलाई अझ राम्रो बनाउन सुविधाहरूले भरिपूर्ण डिभाइस ल्याउन कडा मेहनत गरेका छौँ । यसको आकर्षक डिजाइन र शक्तिशाली क्षमताहरूका साथ, हामी विश्वस्त छौं कि शाओमी प्याड ६ सबैको मनपर्ने नयाँ ग्याजेट हुनेछ ।”
प्रोसेसर ः
शाओमी प्याड ६ को मूल भागमा शक्तिशाली स्न्याप्ड्रागन ८७० प्रोसेसर छ, एउटा यस्तो पावरहाउस जसले उपभोक्ताहरुलाई संधै सबैभन्दा अगाडि राख्ने ग्यारेन्टी दिन्छ । यस किसिमको प्रोसेसरका साथ कार्यहरू निर्बाध रूपमा एकान्तरण गर्न सकिन्छ, रिसोर्स–इन्टेन्सिभ एप्लिकेशनहरू कार्यान्वयन गर्न सकिन्छ, र एक छरितो पर्फर्मेन्स अनुभव गर्न सकिन्छ जसका कारण सहज रूपमा प्रयोगकर्ताका मागहरू पूरा हुन्छ । स्न्याप्ड्रागन ८७० प्रोसेसरले मल्टिटास्किङ र एप म्यानेजमेन्टको सहज एग्जिक्युशन सुनिश्चित गर्दै एक उत्तरदायी र गतिशील ट्याब्लेट प्रयोग गर्ने अनुभव प्रदान गर्दछ ।
डिस्प्ले ः
शाओमी प्याड ६ को स्ट्राइकिङ २७.९४ सेन्टिमिटर (११ इन्च) को डिस्प्ले मार्फत उत्तम भिजुअल ब्रिलियंस प्राप्त गर्न सकिन्छ । यसको २८८० ह १८०० पिक्सेल र उल्लेखनीय ३०९ पिपिआईको प्रभावशाली रिजोल्युसनको सङ्कलनमा बेजोड स्पष्टतासंग प्रत्येक इमेज र भिडियो जीवित हुन पुग्छ । यसको १४४ हर्ज रिफ्रेस रेटले सहज एनिमेसन र ट्रान्जिसनको ग्यारेन्टी दिन्छ, त्यसैगरी ५५० निट्स (टिपिकल) सम्मको ब्राईटनेसले उज्यालो वातावारनमा पनि मनमोहक भिजुअलहरु सुनिश्चित गर्दछ । १ बिलियन भन्दा बढी रङहरू समर्थन गर्न सक्ने र डिसिआई–पि थ्री संग कम्प्याटिबिलिटि  भएको शाओमी प्याड ६ ले जीवन्तता र ट्रु–टु–लाईफ प्रतिनिधित्वद्वारा चिनिने एक असाधारण भिजुअल अनुभव प्रदान गर्दछ ।
क्यामेरा ः
शाओमी प्याड ६ को क्यामेराको क्षमतासंग, जो कोहीले आफ्नो रचनात्मक अभिव्यक्तिको उपयोग गर्न सक्छ । यसको १३ एमपी रियर क्यामेराले ३० एपÞmपिएस मा ४ के भिडियो रेकर्डिङहरु गर्न सहज बनाउँछ, जसले गर्दा जीवनका अनमोल क्षणहरूलाई आश्चर्यजनक परिशुद्धताका साथ क्याप्चर गर्न सकिन्छ ।  एडभेन्चरलाई डक्युमेण्ट गर्नहोस् वा कन्टेन्ट क्रिएट गर्न, शाओमी प्याड ६ एक असली साथीको रूपमा काम गर्दछ । यसको ८ एमपीको फ्रन्ट क्यामेरा ३० एपÞmपिएसमा फुल एचडी भिडियो रेकर्ड गर्न सक्षम छ र भिडियो कल र सेल्फी पनि क्लियर देखाउँछ ।
ब्याट्री र चार्जिङ ः
एक ८८४० एमएएच (टिपिकल) ब्याट्रीसंग सुसज्जित शाओमी प्याड ६ ले दिनभरी निर्बाध गतिविधिको सुविधा प्रदान गर्दछ । जसका कारण उपभोक्ताहरुले निरन्तर रुपमा पावर आउटलेट खोजिरहनु पर्दैन । शाओमी प्याड ६ संग प्रोडक्टिभिटि र मनोरञ्जनबीच निर्बाध रूपमा ब्याट्री सकिने चिन्ता बिना शिफ्ट गर्न सकिन्छ । ट्याब्लेटहरुमा हुने पोटेन्शियललाई इष्टतम रूपमा उपयोग गर्न सक्षम शाओमी प्याड ६ निरन्तर प्रयोग गर्न सकिन्छ ।
नेटवर्क र कनेक्टिभिटि ः
शाओमी प्याड ६ ले यसको उन्नत कनेक्टिभिटीका फिचरहरूका कारण जस्तो सुकै लोकेशनमा पनि अटल कनेक्टिभिटि सुनिश्चित गर्दछ। यसको ब्लुटुथ ५.२ र वाईफाई ६ को समर्थन, र  ८०२.११ ए÷बि÷जी ले उच्च–गति र भरपर्दो इन्टरनेट कनेक्शन प्रदान गर्दछ । चाहे त्यो काम होस् , कन्टेन्ट स्ट्रिमिङ, वा वेब ब्राउजिङ, शाओमी प्याड ६ ले सबैभन्दा महत्त्वपूर्ण मामिलाहरूमा निरन्तर कनेक्शनको ग्यारेन्टी दिन्छ।
शाओमी प्याड ६ किबोर्डः
शाओमी प्याड ६ को अतिरिक्त, शाओमीले प्रस्तुत गर्दछ शाओमी प्याड ६ कीबोर्ड, जसले प्रोडक्टिभिटिलाई नयाँ उचाइमा पुर्याउँछ। प्रयोगकर्ताहरूले ल्यापटप जसरी प्रयोग गर्न, इमेल संरचना गर्न, कागजात निर्माण गर्न , र नोट–लिन जस्ता कार्यहरू सरल बनाउन सजिलैसँग किबोर्डलाई आफ्नो प्याड ६ मा कनेक्ट गर्न सक्नुहुन्छ। स्लीक डिजाइन र रेस्पोन्सिभ कुञ्जीहरू प्रस्तुत गर्दै, शाओमी प्याड ६ किबोर्डले दक्षता प्रवर्द्धन गर्दै र परिष्कृत क्षमताहरूलाई सक्षम पार्दै शाओमी प्याड ६ ट्याब्लेटलाई बहुमुखी कार्यस्थानमा रूपान्तरण गर्छ।
शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनः
शाओमीको इनोभेशनप्रति प्रतिबद्धता अनुरूप, यस कम्पनिले स्मार्ट पेन सेकेन्ड जेनेरेशन अनावरण गरेको छ। थ्री – एक्सिस एक्सेलेरोमिटरसँग जोडिएको, यो उन्नत स्टाइलसले शाओमी प्याड ६ लाई कम्प्लिमेन्ट गर्दछ , जसले सहज र सटीक लेखन र ड्रविङ्ग  अनुभव प्रदान गर्दछ। नोट लिन होस् , आइडिया स्केचिङ गर्न होस , वा रचनात्मक अभिव्यक्ति गर्न , शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनले यसको १५० –घण्टा ब्याट्री लाईफसंग विचारहरूको निर्बाध फ्लो सुनिश्चित गर्दछ। इन्हान्ड्स सेन्सिटिभिटि र एर्गोनोमिक डिजाइनले यसलाई क्रिएटिभिटि एक्सप्रेस गर्नको लागि पर्फेक्ट टूल बनाउँछ ।

 

  Xiaomi Pad 6 Xiaomi Pad 6 Keyboard Xiaomi Smart Pen
Dimensions Height: 253.95mm

Width: 165.18mm

Thickness: 6.51mm

Weight: 490g

160 mm * 8.8mm

Weight: 13 g

 

344.49*255.36*8.8 mm
Display Size: 27.94cm (11”)

Resolution: 2880*1800

309 ppi

Refresh rate: 144Hz

Brightness: 550nits (typ)
Over 1 billion colors

Supports DCI-P3
Dolby Vision®
Corning Gorilla Glass

   
Processor Snapdragon™ 870    
Camera Rear camera: 13MP

4k | 30fps

1080p | 30fps

720 | 30fps

Front camera: 8 MP

1080p | 30fps

720p | 30fps

   
Speaker 4 speakers

Dolby Atmos® supported

   
Storage and RAM 6GB+128GB, 8GB+256GB

LPDDR5 RAM + UFS 3.1 Storage

   
Battery 8,840mAh (typ)

Charging: 33W Wired

40mAh Lithium Battery

150 Hours Battery Life

Charging: Wireless

 
Connectivity Bluetooth 5.2

WiFi 6, WiFi 5, WiFi 4 and 802.11a / b / g

Sensor: Three-axis Accelerometer

Bluetooth: Yes

Palm Rejection: Yes

 
Operating System MIUI 14 for PAD    
बजार उपलब्धता
भदौ १५ गते बाट बजारमा उपलब्ध हुने यो फोन ११ भदौ देखि १४ भदौसम्म दराजमा प्रि–बुकिङको लागि उपलब्ध हुनेछ। शाओमी प्याड ६ नेपालमा मिस्ट ब्लू र ग्रेफाइट ग्रे गरी दुई रंगहरूमा दुईवटा स्टोरेज भेरियन्टहरूमा उपलब्ध हुनेछः  ६ + १२८ जीबी र ८+२५६ जीबी ।
नेपालमा  शाओमी प्याड ६ को  ६+१२८ जीबी भेरियन्टको मूल्य रु. ३९,९९९ रहेको छ, र ८+२५६ जीबी भेरियन्टको मूल्य रु. ४३,९९९ रहेको छ ।
साथै, शाओमी प्याड ६ किबोर्डको मूल्य रु. ८,४९९ र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनको मूल्य
रु. ९,९९९ रहेको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...