काठमाडौं / मंगलबार सुनको मूल्य बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।