Admission Open

ad place

आज बढ्यो सुनको मूल्य : कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २७ असार / नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर बुधबार १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेर कारोबार भएको जनाएको छ ।

मंगलबार तोलामा १३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १४ सय रुपैयामा कारोबार भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...