Admission Open

कोका–कोलाले सार्वजनिक गर्यो अहिलेसम्मकै ठूलो क्याम्पेन, “चिल एन्ड विन”

कोका–कोलाको अहिलेसम्मकै ठूलो “चिल एन्ड विन” क्याम्पेन सार्वजनिक

काठमाडौं : नेपालमा सबैभन्दा रुचाइएको बेभरेज ब्राण्ड कोका–कोलाले आफ्ना उपभोक्ताहरूका लागि यस वर्षको सबैभन्दा ठूलो प्रमोशनल क्याम्पेन ‘चिल एन्ड विन’  ल्याएको छ । कोका–कोलाको यो क्याम्पेनले उपभोक्ताहरुलाई स्मार्टफोन र मोबाइल रिचार्जहरू जस्ता उत्कृष्ट उपहारहरू जित्ने सुनौलो अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

यो कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रमोशनल क्याम्पेन रहेको दावी गरेको छ । र यसका अफरहरु स्प्राइट र फ्यान्टाको पेट बोतलहरूमा पनि उपलब्ध रहेको छ । युनिक कोडका लागि विशेष रूपमा चिन्ह लगाइएको पेट बोतलहरूको लेबलमा वा आरजिबि बोतलहरूको क्राउन मुनि चेक गर्नुपर्नेछ ।

क्याम्पेनको वेबसाइटमा कोड राखेर वा एस.एम.एस मार्फत कोड पठाएर प्रत्येक दिन एक स्मार्टफोन जित्ने मौका पाइनेछ । सहभागीहरूले रु ५०० सम्मको मोबाइल रिचार्ज पनि जित्न सक्नेछन् । यो अफर नेपालभर कोका–कोला, स्प्राइट र फ्यान्टाको १७५ मिलि तथा २५० मिलिको सिसाको बोतल र २५० मिलि तथा ५०० मिलि पेट बोतलमा लागू हुनेछ ।

उपभोक्ताहरुलाई आफ्नो पुरस्कार दावी गर्न सजिलो होस् भन्ने हेतुले कोका–कोलाले यो वर्ष डिजिटल पेमेन्ट पार्ट्नरको रुपमा खल्तीसँग सहकार्य गरेको छ । जसले गर्दा विजेताहरुले तुरुन्तै आफुले जितेको रकम प्रयोग गर्न पाउनेछन् ।

बढ्दो गर्मीलाई लक्षित गरेर ल्याइएको “चिल एन्ड विन” क्याम्पेन जेष्ठ ६ देखि आषाढ ३० सम्म लागु हुनेछ र जति चाँडो सहभागि भयो त्यति नै जित्ने मौका पनि बढ्नेछ । नियम र सर्तहरूको बारेमा विस्तृतमा बुझ्नको लागि आधिकारिक वेबसाइट भिजिट गर्न पर्ने छ ।

विशेष रूपमा चिन्ह लगाइएको कोका–कोला, स्प्राइट वा फ्यान्टा बोतलमा रहेको युनिक कोडका साथ कोका–कोलाको “चिल एन्ड विन”  क्याम्पेनमा स्मार्टफोन र रिचार्ज जित्ने मौका पाइने र यो गर्मीलाई अझै रोमाञ्चक बनाउनुहोस् ।

कोका–कोलाको अहिलेसम्मकै ठूलो “चिल एन्ड विन” क्याम्पेन सार्वजनिक
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...