Admission Open

जाने होईन त सुनसरी तास सेन्टर

व्यवसायमा लय समाउदै पूर्व-वडाध्यक्ष अञ्जनीकुमार पोखरेल

पोखरेल, जाडो मौसममा भुटेका मकै, मम, कोदोको रोटी, फापरको रोटी, लोकल कुखुराको मासु, खसीको मासुलगायतका स्वादिष्ट परिकारले ग्राहकको आँत तातो बनाउँछन ।

दीपक निरौला/इनरुवा-सुनसरी : इनरुवा न.पा. वडा नंं ५ का पूर्व वडाध्यक्ष अञ्जनीकुमार पोखरेल राजनीतिज्ञ भएतापनि उनी कसैको आशमा बसेका छैनन् । राजनीति गर्नेले आफ्नो काम गर्नुहुँदैन भन्नेलाई गतिलो उदाहरण दिएका छन् । उनले इनरुवा बजारमा करिव १० लाखको लगानीमा सुनसरी तास सेन्टर सञ्चालनमा ल्याएका छन् । उनी आफ्नो व्यवशायमा प्रतिवद्ध र कटिवद्ध भएर लागेका छन् । आफ्नो व्यवसायलाई कसरी गुणस्तरीय र ग्राहकको रोजाईमा पार्न सकिन्छ भनेर दिनरात त्यसैमा लागीपरेका छन् । मौसम अनुसारका खाजा तथा खानाका परिकार ग्राहकलाई पस्कनु उनको विषेशता बनेको छ ।

आफ्नो तास सेन्टरबाट पोखरेल, जाडो मौसममा भुटेका मकै, मम, कोदोको रोटी, फापरको रोटी, लोकल कुखुराको मासु, खसीको मासुलगायतका स्वादिष्ट परिकारले ग्राहकको आँत तातो बनाउँछन भने गर्मी मौसममा खरवुजा, काँक्रा, लस्सी, मोही, हरिया मकैलगायतका खाजाका परिकारले धापिएका ग्राहकलाई खुसी पार्छन । त्यतिमात्र होईन उनी आफ्ना ग्राहकलाई उहाँहरुकै इच्छामुताविक कोदोको ढिँडो, फापरको ढिँडो, खल्पी, मुलाको अचार, टिमुरको अचार, बाह्रैमास उपलब्ध गराउँछन् । त्यस्तै अकवरे खुर्सानी समेतको स्वाद तराईको ठाउँमा पर्याप्त मात्रामा उपलब्ध गराउनु सुनसरी तास सेन्टरको अर्को विषेशता हो ।

पोखरेल हरेक दिन फेसबुक, हवाड्सएप लगायतमा आजको खानाको सूची यस्तो छ भनेर ग्राहकलाई जानकारी गराउँछन् । मजदुर अभावलगायतका समस्या झेल्नुपरे पनि आफ्नो काम गर्नलाई कुनै आइतवार कुर्नु पर्दैन उनलाई । र, आफ्नो काम आफैं गर्न सकिन्छ भनेर भाँडा माझ्न समेत पछि पर्दैनन् उनी । भन्छन्, ‘ग्राहकलाई जुठो भाँडामा खुवाउनु भएन त्यसकारण आइपरेको काम सबै आफैँ गर्छु’ ।

स्थानीय ठाउँ भएकोले स्थानीय व्यक्तिहरुको बाक्लो उपस्थिति हुन्छ नै। नियमित आउने ग्राहकलाई उनीहरुको चाहना अनुसारको परिकारको स्वाद पस्कनु व्यवशायीको धर्म हो ।

पोखरेल भन्छन्, ग्राहकले पनि खाईसकेपछि पैसा तिर्नु उनीहरुको धर्म हो, तर कतिपय ग्राहकले खाईसकेपछि उधारो नतिरी वेपत्ता हुन्छन् त्यसो गर्नु भनेको एक प्रकारको ठगी हो । उधारोमा खाना खाने अनि पैसा नतिरी वेपत्ता हुने ठगी ग्राहकलाई भने सुनसरी तास सेन्टरमा नो ईन्ट्री अञ्जनी आक्रोस पोख्छन् ।

सामान्य जनले होटलमा खाएको उधारो बेलैमा तिर्छन् तर ठूलाबडा भनाउँदाहरुनै टन्न खाएर पैसो तिर्दैनन् । त्यसरी उधारो खाएर भाग्नेहरुलाई पोखरेल बेलाबेलामा उधारो नतिरे सामाजिक सञ्जालमा नाम सार्वजनिक गर्छु भनेर पनि तम्सिन्छन् ।

पोखरेल अगाडि भन्छन्, आफूले खाएको खानाको पैसा सबैले बेलैमा तिरे व्यवसायी पनि मर्दैन, उसले ग्राहकलाई अझबढी सेवा र सुविधा दिन सक्छ । तर यदि व्यवसायी मारमा पर्न थाल्यो भने एक बिराउने शाखा पिराउने भनेजस्तै हुन्छ, पैसा तिरेर राम्रो खान्छु भन्नेले समेत खान नपाउने हुन सक्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...