Admission Open

बेस्ट पर्फर्मेन्स प्लेयर पोको एम५ अब छुट मूल्यमा

काठमाडौँ, २१ वैशाख : इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताका लागि वैशाख २१  देखि जेठ १ सम्मको सीमित अवधिका लागि पोको एम५ छुट मूल्यमा उपलब्ध गराउने भएको छ।

पोको एम५ गेमिङको मजा लिनेहरुका लागि लक्षित गरी बनाइएको स्मार्टफोन हो। यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले भने, ‘ग्राहकले सुपथ मूल्यमा उच्च गुणस्तरको स्मार्टफोन चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौँ र हामी विश्वास गर्छौं कि यो अफरले उहाँहरुलाई आझै किफायती मूल्यमा हाम्रो फ्ल्यागसिप मोडेल प्रदान गर्नेछ।’

पोको एम५ एक शक्तिशाली स्मार्टफोन हो। जसमा ६.५८ इन्च ९० एचजेड एफएचडी+ डिस्प्ले, एक शक्तिशाली ६एनएम मिडियाटेक हेलियो जी९९ प्रोसेसर र ५००० एमएएच ब्याट्री जडान गरिएको छ। यसमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ पछाडि ट्रिपल क्यामेरा सेटअप पनि छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ।

पोको एम५ कालो, हरियो र पहेँलो गरी ३ रङमा आउनेछ भने यो ४जीबी+६४जीबी र ६जीबी+१२८जीबी गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ।

४जीबी+६४जीबीको वास्तविक मूल्य रु. २० हजार ४९९  र छुट मूल्य रु. १९ हजार ९९९ रहेको छ। 

६जीबी+१२८जीबीको वास्तविक मूल्य रु. २३ हजार ९९९ र छुट मूल्य रु. २२ हजार ९९९  रहेको छ।

देशभरका सबै अधिकृत स्टोरमा पोको एम५ वैशाख २१ देखि जेठ १ सम्मको सीमित अवधिका लागि छुट मूल्यमा उपलब्ध हुनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...