Admission Open

प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ, १३ वैशाख : नेपाली बजारमा बुधबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...