Admission Open

ad place

टिभिएस मोटर्सको टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लु रंगमा

काठमाडौं : टिभीएसको एन्टर्क स्कुटर नयाँ ‘मरिन ब्ल्यु’ कलरमा पनि उपलब्ध भएको छ । युनिराइड अटो महालक्ष्मी स्थान र रेस अटो कुमारीपाटी ललितपूरमा  नाडाका अध्यक्ष ध्रुुव थापाले बुधबार सो स्कुटरको लन्च गरेका हुन् ।

स्कुटर लन्चको बारेमा बोल्दै कार्यकारी निर्देशक, अखिल गुप्ताले भने , “TVS NTORQ RT–Fi 125ले हाम्रा युवावर्गको लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको छ । नेपालमा सबैभन्दा लोकप्रिय स्कुटर ब्रान्ड TVS NTORQ RT–Fi 125 Race एडिसन को Marine Blue :s”6/ RT–Fi प्लेटफर्मले सुसज्जित छ । उत्कृष्ट प्रदर्शन, राम्रो वास्तविक थ्रोटल अनुभवले हाम्रा युवा ग्राहकहरूलाई पक्कै खुसी पार्नेछ ।”

स्कुटरको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ छ । यसको १२४.८ सीसी क्षमतामा उपलब्ध छ । यसमा स्मार्ट एक्सकनेक्टद्वारा ब्लुटुथ कनेन्ट, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ । स्र्माट कनेक्ट कनेक्टिभिटी प्ल्याटफर्म मार्फत संचालित यस स्कुटरलाई टिभीएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । स्कुटरले ६० हजार भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्टुमेन्ट क्लस्टर प्रदान गर्दछ ।

टिभीएस एनटर्क १२५ रेस एडिसन १२४.८ सिसि सिंगल-सिलिन्डर, ४-स्ट्रोक, ३-भल्भ, एयर-कूल्ड SOHC, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ, जसले ६९ kW @ ७,०००rpm / ९.३८PS @ ७,००० rpm को अधिकतम पावर आउटपुट प्रदान गर्दछ । १०५ Nm @ ५,५०० rpm को उच्चतम टर्क भएको रेस एडिसनले ९५ किलोमिटर प्रतिघण्टाको टप स्पीड प्रदान गर्छ र केवल ९ सेकेन्डमा ०-६० किमी प्रतिघण्टाको गति बढाउछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...