Admission Open

एनओजी (एन्टर्क ओनर्स ग्रुप) को पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न

काठमाडौँ, १५ असोज : टिभिएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) पहिलो पटक राइड सम्पन्न गरेको छ ।

गत असोज १३ गते शनिबार आयोजना भएको उक्त राइड टिभिएसको जनकपुर शोरूम (आर्यन आटोमोबाइल्स) बाट शुरु भएर बर्दिबास रिसोर्ट, बर्दिबास पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...