Mobile banking

Nepal Telecom

आज एकैदिन प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, १४ चैत्र : नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार ओरालो लागेको छ । आइतबारबाट लगातार घटेको सुनको मूल्य मंगलबार पनि पुनः तोलामा १ हजार रुपैयाँ घटेको हो ।

तोलामा १ हजार रुपैयाँले घटेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा पुनः ५ रुपैयाँले घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...