Admission Open

आज सुनचाँदीको भाउ : चाँदीको स्थिर सुनको मूल्य तोलामा ५ सयले बढ्यो

काठमाडौँ, २३ माघ : नेपाली बजारमा लगातार घटेको सुनको मूल्य सोमबार भने बढेको छ । आइतबार तोलामा २ हजार रुपैयाँले घटेको सुन सोमबार भने तोलामा ५ सय रुपैयाले बढेको छ । आइतबारको मूल्यको तुलनामा आज सुनको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सोमबार तोलामा ५ सयले बढ्दै छापावाल सुन तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँ मूल्य कायम भई कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार तोलामा ४५ रुपैयाँ घटेको चाँदी मूल्य सोमबार भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...