Admission Open

बलाहामा प्रहरी बिट उद्घाटन र हस्तान्तरण

कानूनलाई सहजिकरण गर्न र समाजमा शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न पुलिस प्रशासनको सहायता लिनै पर्छ ।

दीपक निरौला/ सुनसरी : समाजमा मान्छे कमहुँदा पनि समस्या र बढी हुँदा पनि समस्या सिर्जना हुने गरेको छ । दुर्गम क्षेत्रबाट बसाईं सराईं गरेर सुगम क्षेत्रमा आउने परिपाटी पछिल्लो समय झनै तीब्र रूपमा बढ्दो क्रमममा रहेको छ । समाजमा बढी जनसंख्या भएपछि विभिन्न आपराधिक मनोवृतिका मानिसहरूको घुस पैठ भएर नियम कानून विपरितका कार्यहरू फस्टाउने गर्दछन् । यसको न्यूनिकरणका लागि हामीले कानूनको सहयाता लिनुपर्ने हुन्छ । कानूनलाई सहजिकरण गर्न र समाजमा शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न पुलिस प्रशासनको सहायता लिनै पर्छ । जनताको जिउ धनको सुरक्षाका लागि सरकारले तल्लो निकाय सम्म नेपाल प्रहरीलाई जिम्मा दिएको छ । यत्रो अधिकार पाएका पुलिस बस्ने कार्यालय र वासस्थान भने साँगुरो र असहज हुने गरेको छ ।

इनरुवा-५ बलाहाको मध्यभागमा साँगुरो सडक तथा साँगुरो भाडाको भवनमा असई (प्रहरी सहायक निरिक्षक) नेतृत्वको ६ जनाको टोलीले कार्यसम्पादन तथा वसोवास गर्दै आएका थिए । तर, अब भने इनरुवा नगरपालिककाका मेयर केदार भण्डारीको नेतृत्वमा इनरुवा ५ बलाहा र इनरुवा ७ नंं. चाँदवेलाको सीमाना गडन खोला (सीताघाट) नजिकै करिव ४ कठ्ठा क्षेत्रफलमा फैलिएको प्रहरी बीटको निमार्णकार्य सम्पन्न भएको छ । जसमा ४ वटा कोठा, भान्साघर , शौचालाय र स्नानघर समेत रहेको छ । उक्त भवन इनरुवा नगरपालिकाको ४ लाख रुपैंया र अन्य दाताहरूको सहयोग स्वरुप करिव १० लाखको लागतमा निर्माण सम्पन्न भएको हो । सो जग्गा इनरुवा नगरपालिकाले निःशुल्क उपलब्ध गराएको हो ।

आज एक कार्यक्रमकाबीच मेयर भण्डारीले उक्त भवन जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकाललाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा मेयर भण्डारी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, एसी प्रभु ढकाल, जिल्ला समन्वय समितिका उप–सभापति कमला (दाहाल) खतिवडा, इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत दशरथ राई, नेपाली कांग्रेसका पूर्व जिल्लासभापति राजिव कोइराला , पुर्व मेयर खेमराज पोखरेल लगायत सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...