Admission Open

गायक किशोर शिवाकोटीको ‘मेरी आमा’बोलको गीतमा आमाको महिमाको वर्णन

काठमाडौँ : गायक किशोर शिवाकोटीको मेरी आमा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गायक शिवाकोटीकै शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियोले आमाको महिमाको वर्णन गरेको छ । आमा भन्दा माथि कोही नहुने, आमाले जस्तो माया कसैले दिनै नसक्ने लगायतका यर्थाथपरक र सत्यतामा आधारित सार्वजनिक गीतले धेरैको मन छुने विश्वास गायक शिवाकोटीले लिएका छन् ।

सुख -दुख , घाम-पानी, अभाव जस्तो अवस्थामा पनि आमाको छहारीले दिने शितलता आमाको अभावकमा सँधै खड्कीरहने कुरालाई भिडियोमा देखाइएको छ ।

पबिधन खालिगंको एरेन्ज, किशोर थापाको मिक्सिगं र मास्टरिगं रहेको गीतको भिडियोको निर्देशन फराज अर्पणले गरेका हुन् ।

भिडियो गायक शिवाकोटीकै आफ्नै अफिसियल च्यानल किशोरी शिवाकोटीबाट सार्वजनिक गरिएको हो ।   गायक शिवाकोटीले यसअघि गुराँस फुल्यो बनैभरी, गुडी जाने रेल, आमा तिमी कहाँ छौ, ‘पर्ख तिमीलाई’ , लगायत गीतका भिडियो सार्वजनिक भएका छन्। जसमध्ये गायक शिवाकोटीले बलिउड गायिका आशा भोस्लेसँग गाएको  गुराँस फुल्यो बनैभरीले करिब ३० लाख दर्शकको माया पाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...