Admission Open

ad place

प्याब्सनको अन्तरजिल्ला प्रदेशस्तरिय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सन वाग्मती प्रदेश समितिद्वारा आयोजित अन्तरजिल्ला प्रदेशस्तरिय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता २०७९ सम्पन्न भएको छ । कार्यक्रम शनिबार निब्स स्कूल मण्डीखाटारमा सम्पन भएको हो ।

नेसनल प्याब्सन वाग्मती प्रदेश समितिका अध्यक्ष नारायणकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय सह (अध्यक्ष सुबास न्यौपाने प्रमुख आतिथि रहेका थिए । नेसनल प्याब्सन केन्द्रीय उपाध्यक्ष डम्बर कार्की विशेष अतिथि रहेको कार्यक्रमको संचालन सचिव गेन्द्र लामाले गरेका थिए ।

त्यस्तै, कार्यक्रममा नेसनल प्याब्सन सिन्धुली जिल्ला अध्यक्ष सोनाम बज्यु, नेसनल प्याब्सन भक्तपुर अध्यक्ष संजय खड्का, नेसनल प्याब्सन ललितपुर जिल्ला अध्यक्ष तारा सापकोटा, नेसनल प्याब्सन काभ्रेका उपाध्यक्ष बोधी केशलगायतको उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगितामा वक्तृत्वकला तर्फ मदरल्याण्ड इंग्लिस स्कूल भक्तपुरकी प्रसंशा कार्की प्रथम, मनास्लु वर्ल्ड स्कूल चुच्चेपाटीकी अनुश्री न्यौपाने दिव्तीय, समय पाठशाला सिन्धुलीका अमिसकुमार गुप्ता तृतीय हुन सफल भएका छन् ।

त्यसैगरि लोकनृत्य तर्फ प्यारागन एकेडेमी भक्तपुर प्रथम, समय पाठशाला सिन्धुली दोस्रो र ओराकल इंग्लस मेडियम स्कूल ललितपुर तेस्रो भएका छन् । प्रथम, दोस्रो तथा तेस्रो भएका प्रतियोगीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।

टिप्पणिहरु
Loading...