Admission Open

“बिगर स्क्रिन, बिगर ड्रिम” वल्र्ड कप स्किम सहित स्काइवर्थको क्युएलइडि प्लस टिभि बजारमा

काठमाडौँः हाइ एन्ड ग्लोबल टिभि ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटि) को पायोनियर स्काइवोर्थले नेपालमा क्युएलइडि प्लस गुगल टिभि ल्याएको छ । एस्युइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिम अन्तर्गत रहेको कम्पनीले जनाएको छ । स्काइ्वर्थको लागि नेपालको एक मात्र आधिकारिक विक्रेता केएल दुगड ग्रुुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेजले उक्त जानकारी दिएको हो ।
गुगल टिभिको लेटेस्ट अपरेटिङ सिस्टमद्वारा पावर्ड भएको यो टिभिको पिक्चर क्वालिटी अत्यन्त उत्कृष्ट छ । गुगलले आफ्नो एन्ड्रोइड टिभि एक्सपिरियन्स रिफाइन गरेको हुँदा अब उपभोक्ताहरुले आफ्नो टिभि पनि पर्सनलाइज गर्न सक्नेछन् । यसमा आफ्नो भ्युइङ ह्याबिट र इन्टेरेस्ट अनुसार पर्सनलाइज्ड कन्टेन्ट र टेलर्ड रेकमेन्डेसन पाउन सकिन्छ ।

यसको नयाँँ जेनेरसनको इको क्युएलइडि क्वान्टम डट टेक्नोलोजीले कलर प्युरिफाइ गर्ने, कलर गेमुट सुधार्ने र डिस्प्ले कलर सहि तरिकाले मिलाउने काम गर्छ । यसरी यसले १.०७ बिलियन लेभलको कलरहरु वास्तवमै रिस्टोर गर्ने दाबी गरिएको छ ।

क्युएलइडि प्रो डुअल पिक्चर क्वालिटी इन्ह्यान्सर सहितको एउटा नयाँँ जेनेरसनको क्यु एलइडि टेलिभिजन हो । यसको उच्च गुणस्तरीय पिक्चर इन्ह्यान्सिङ एन्जिनले हरेक सुन्दर पलहरुलाई एउटा अनुभवी र पोख्त मेक–अप आर्टिस्टले जस्तै राम्रोसँग देखाउँछ । स्काइवर्थको लेटेस्ट कमिलियन एक्स्ट्रिम २.० ले तस्बिरहरु सुक्ष्म रुपमा विश्लेषण गरेर प्रोसेस गर्छ । एस्युआइ ९५०० बिना फ्लिकर हाइ कलर गेमुट प्रयोग गर्ने पहिलो क्यु एलइडि हो जसले गर्दा तस्बिरको गुणस्तर उच्च हुनुको साथै हेर्ने मानिसको आँखालाई पनि नराम्रो असर गर्दैन ।

त्यस्तै, फिफा वल्र्ड कप २०२२ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थ बिगर स्क्रिन, बिगर ड्रिम स्किम पनि ल्याएको छ । यस स्किम अन्तर्गत उपभोक्ताहरुले स्काइवर्थ ब्रान्डको टेलिभिजन खरिदमा ३३% सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो स्किम मंसिर ३० गतेसम्म लागु हुनेछ । एस्युइ ९५०० सिरिज ५५, ६५ र ७५ इन्चमा उपलब्ध छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...