Admission Open

ज्ञान ब्राण्डको नयाँ उत्पादन ‘ज्ञान मखाना’ नेपाली बजारमा

[ के.एल.दुगड समूह ]

काठमाडौं : के.एल.दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ‘ज्ञान मखाना’ नेपाली बजारमा ल्याएको छ । के.एल. दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।

खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परीक्षण गरी उपभोगको लागि योग्य रहेको ठहराएका छन् ।

लिली फूलको बीउबाट बनाइने ‘मखाना’ प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको छ । उपवासको समयमा बढी उपभोग हुने ‘मखाना’ दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिन्छ ।

मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान सकिन्छ । यो खीरसहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ । ‘ज्ञान मखाना’ मूख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २ सय ग्राम प्याकमा उपलब्ध छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...