Admission Open

मंगलम वायरसेफ : सेफ छ, सही छ


अहिलेको समयमा हामी सबै बिजुलीको उपलब्धता र सुविधाहरू संग अभ्यस्त भैसकेका छौं । बिजुली बिनाको हाम्रो जीवन हामी कल्पना पनि गर्न सक्दैनौं । बिजुलीको बढ्दो प्रयोग संगै विद्युतीय क्षति पनि बढ्दो छ । तर बिजुली संगै निम्तिने खतराहरूको अक्सर हामी बेवास्ता गरिरहेका हुन्छौँ । त्यसैले घर होस् या कलकारखाना, राम्रो गुणस्तरको वायरिङ्ग पाइपको प्रयोग गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ ।

घर बनाउँदा मानिसहरू ईट्टा, सिमेन्ट, पाइप्स र फिटिङ् देखि लिएर इन्टेरियर–एक्स्टेरियरसम्म सबै कुराहरुको राम्रोसँग अध्ययन गर्छन् तर नेपालमा वायरिङ्गकै लागि छुट्टै किसिमको पाइप लगाउनु पर्छ भन्ने चेतना एकदमै कम छ । त्यसैले वायरिङ्गकै लागि बनेको पाइप प्रयोग गर्नुको सट्टा खानेपानीका लागि प्रयोग हुने पाइप अथवा कालो रंगको एच्डिपिइ पाइप प्रयोग भइरहेको पाइन्छ । तर यस्ता पाइपहरू वायरिङ्गका लागि बनेको नहुने हुँदा शर्ट सर्किट भएको खण्डमा यस्ता पाइपहरूले सुरक्षा दिन सक्दैन ।

मंगलम वायरसेफ ँच्ीक् कन्ड्युट पाइप हो जुन आगो–प्रतिरोधी र धुवाँ कम गर्ने गुणहरू भएको तारको डक्टिङ ट्यूब हो । यी पाइपहरू निर्माण संरचनामा विद्युतीय तारहरू सुरक्षित बिछ्याउन कन्ड्युट फिटिंगसँग प्रयोग गरिन्छ । यसले बिजुलीका तारहरू बीच इन्सुलेट ब्यारियरको रूपमा सुरक्षा प्रदान गर्दछ । लामो समयसम्म टिकाउ यी पाइपहरू विशेष गरी, क्लोरिनेटेड पोलिविनाइल क्लोराइडलाई आगो लाग्न नदिन र धुवाँ उत्पादन सीमित गर्न इन्जिनियर गरिएको हुन्छ जसले गर्दा आगलागीबाट हुने मानवीय तथा धनसम्पत्तिको क्षति न्युनिकरणमा पनि टेवा पुग्छ ।

यस्तै दुर्घटनाहरू कम गर्ने उद्देश्यले मंगलम पाइप्सले वायरसेफ ँच्ीक् पाइप बजारमा उपलब्ध गराएको छ । वजनमा धेरै हल्का र किफायती यी पाइपहरू धेरै टिकाउ हुने हुँदा मर्मत सम्भारको झन्झट हँुदैन । यसको मुख्य विशेषता भनेको कोरोजन रेसिस्टेन्ट, आगो नलाग्ने, नओसिने र नकोरिने हो । यसको जोइन्ट र फिटिङ्स स्लिप–अन सल्भेन्ट वेल्डेड कनेक्सनले बनेको हुँदा यिनीहरु छोटो समयमा नै बलियोसँग जोडिन्छन् । मंगलमका वायरसेफ पाइपहरू १.३ मि.मि. देखि २.७ मि.मि. सम्मको मोटाईमा उपलब्ध छन् । यो लाइट, मेडियम र हेभी रेन्जमा २० देखि ३२ मि.मि. मोटाइमा उपलब्ध छ । यसका पाइप्स र फिटिङ्सहरू क्ष्क् ढछघठस्घ मापदण्ड अनुसार बनाइएको छ । यस्तै टिकाउ, भरपर्दो, मजबुत र आगो प्रतिरोधी भएका कारण मङ्गलम पाइप्स सही छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...