Admission Open

संयुक्त राष्ट्रसंघ र रूसबीच खाद्यान्न र मल निर्यातका विषयमा वार्ता हुने

काठमाडौं : संयुक्त राष्ट्रसंघका प्रमुखहरूले युक्रेन र रूसबाट ‘ब्ल्याक सी’ सम्झौता अन्तर्गत खाद्यान्न र मल निर्यात गर्ने सम्बन्धमा शुक्रबार जेनेभामा रूसी अधिकारीहरूसँग वार्ता हुने भएको छ ।

संयुक्त राष्ट्रसंघका एक प्रवक्ताले भने, “यो छलफलले रूसी महासंघबाट विश्व बजारमा खाद्यान्न र मलको निर्वाध निर्यातलाई सहजीकरण गर्ने दिशामा भएको प्रगतिलाई अगाडि बढाउने आशा गरिएको छ ।

यसैबीच, रूसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ। मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केवल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...