Admission Open

इथियोपियाका खडेरी पीडितलाई सहायता उपलब्ध गराइने

काठमाडौं : संयुक्त राष्ट्रसंघले इथियोपियाका खडेरी प्रभावितलाई मानवीय सहयताको खाँचो रहेकाले खाद्य उपलब्ध गराइने जनाएको छ ।

महासचिव एन्टोनियो गुटरेसका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसंघले मानवीय सहायता निकायलाई खडेरीबाट पीडित भएका एक करोड ६० लाख र बाढी प्रभावित १७ लाख इथियोपियालीलाई सहयोग गर्न आह्वान गरिएको छ ।

यहाँ गएको ४० वर्षयताकै सबैभन्दा खराबरुपमा खडेरी परेको पाइएको छ। यसबाट धेरैभन्दा धेरै नागरिक मानवीय सहायताको खाँचोमा परेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले यहाँको खडेरी इतिहासकै सबैभन्दा खराब प्रकृतिको रहेको भन्दै यसबाट यहाँका लाखौँ मानिस विस्थापित भएका बताएका छन् ।

उनले यो खडेरीका कारण यहाँका करिब ३५ लाख पशु चौपायासमेत मरेको जानकारी दिए। संयुक्त राष्ट्रसंघको मानवीय सहयातासम्बन्धी एजेन्सीलाई उद्धृत गर्दै उनले जनाएअनुसार यहाँका खडेरी पीडितमध्ये अधिकांशले खाद्यान्नको अभाव झेल्नुपरेको छ ।

साथै यहाँका बालबालिका तथा महिलाले आवश्यक पोषणको अभावमा विभिन्न प्रकृतिका रोगबाट झेल्नुपरेको पाइएको संयुक्त राष्ट्रसंघीय सो निकायले जनाएको छ । संयुक्त राष्ट्रसंघले यहाँ एकातर्फ खडेरीले मानिसमा यस्तो असर गरेको र अर्कातर्फ बाढीका कारण पनि धेरै नागरिकको ज्यान गएको र विस्थापित हुनुपरेको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...