Admission Open

एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन-एस् इग्नाइट

काठमाडौँ : नेपालको अग्रणी व्यवस्थापन संकायको कलेज मध्यको एक, एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकथन “एस् इग्नाइट” आयोजना गर्ने भएको छ ।
कार्तिक २४ गते देखि २६ गते सम्म कलेजकै प्राङ्गणमा हुने यस ह्याकथन यस प्रक्रारको अहिले सम्मकै पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेको छ । ह्याकथनमा उपत्यका भित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरु हुने यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तर राष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ।

ह्याकथनको बारेमा बोल्दै प्रज्वल श्रेष्ठले भन्नुभयो “ एस् इग्नाइट नवीनतम आविष्कारहरु गर्न सक्ने क्षमता भएका नेपाली युवाहरुको लागि एउटा इको सिस्टम सिर्जना गर्ने प्रयास हो ।यस ह्याकथनमार्फत हामीले वास्तविक संसारका समस्याहरू संग लड्ने र नेपालमै अवसरहरूको पहिचान गर्ने एउटा प्ल्याट्फर्म पनि प्रदान गर्न खोजेका छौँ । प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकी नेपालमै करियर बनाउन सकिन्छ भन्ने विश्वास पनि हामीले युवाहरूमा प्रदान गर्न खोजेका छौँ ।
एस् इग्नाइट आइटि, व्यवस्थापन, इन्जिनियरिङ्ग डिजाइनिङ जस्ता विविध शैक्षिक पृष्ठभूमिका व्यक्तिहरू र उनीहरूको आविष्कारमा केन्द्रित ४८ घन्टे ह्याकाथन हो। यसले एक इकोसिस्टमको परिकल्पना गर्दछ जसले युवाहरूलाई उनीहरूको विचारहरूलाई वास्तविक संसारमा रूपान्तरण गर्नको लागि सहकार्य गर्दै काम गर्न प्रेरित गर्छ । यस्ता प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन दिनको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूबाट उत्कृष्ट नगद पुरस्कारहरूको साथै अन्य आकर्षक उपहारहरूको पनि व्यवस्था गरिएको छ ।

Website: www.aceignite.org

टिप्पणिहरु
Loading...