Admission Open

हुण्डाई नेपालले सुरु गर्‍यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पियन

काठमाडौं : हुण्डाई नेपालले ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ कार्यक्रमको शुरुवात गरेको छ ।

भक्तपुरमा रहेको एलआई सर्भिस सेन्टरमा अर्थोपेडिसियन डा.योगेश कायस्थ, हुन्डाई मोर्टस इन्डिया लिमिटेडका विनोद कुमार र प्रविन कुमारको आतिथ्यतामा कार्यक्रमको शुरुवात गरिएको हो ।

पोस्ट कोभिड पछि सुरु गरिएको मुभिङ टुआर्डस् न्यु नर्मल एक सर्भिस क्याम्पियन हो । हेल्थ फ्रन्ट लाइनर, डाक्टर तथा मेडिकलमा आवद्ध व्यक्तिहरुले सेवा लिन सक्नेछन् ।

नेपाल भर रहेका १७ वटा सर्भिस सेन्टरबाट यो सेवा लिन सकिने बताइएको छ । हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...