Admission Open

ad place

हुण्डाईको गाडी खरिद गर्दा ५ लाखसम्म छुट, स्क्र्याच कार्डबाट थप नगद छुटको अवसर

काठमाडौं : हुण्डाई गाडी खरिदमा ५ लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने भएकोछ । हुण्डाई गाडीका लागि नेपालको एकमात्रै आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैं तिहारलाई लक्षित गरी विशेष छुटसहितको अफर ल्याएको हो ।

ग्राहक हितलाई ध्यान दिदै कम्पनीले अफर अन्तर्गत थुप्रै सुविधाहरु प्रदान गरेको छ । स्क्र्याच कार्डका आधारमा १ लाख ५० हजार रुपैयाँसम्म थप नगद छुट प्राप्त गर्ने अवसर ग्राहकले पाउनेछन् । एक वर्षका लागि इन्स्योरेन्स र सडक कर पनि कम्पनीले छुट प्रदान गरेको छ ।

चाड पर्वको सिजनमा हुण्डाई गाडी खरिद गरी लाभ लिन कम्पनीले आह्वान गरेको छ । हुण्डाईका जुनसुकै शोरुममा गएर टेष्ट ड्राइभ गरी गाडी बुकिङ गर्न सकिने मार्केटिङ एण्ड कम्प्युनिकेसन म्यानेजर सन्दिप शर्माले जानकारी दिए ।

३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ लगायतका सुविधा पनि कम्पनीले प्रदान गर्दै आइरहेको छ । शर्माले भने, ‘बिक्री पछिको सेवालाई कम्पनीले प्राथमिकतामा राख्दै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...