Admission Open

रुपाकोट रिसोर्टले ल्यायो दसैं विशेष अफर

काठमाडौं : कास्कीको रुपा गाउँपालिकामा रहेको रुपाकोट रिसोर्टले दसै बिशेष अफर ल्याएको छ । अफर अन्तर्गत ३० सेप्टेम्वरदेखि ८ अक्टोबरसम्म विशेष छुट प्रदान हुनेछ । ३० सेप्टेम्वरसम्ममा रुम बुक गर्ने ग्राहकले १ हजार रुपैयाँ छुट पाउने छन् ।

रिसोर्टमा प्रिमियर भ्यु डिलक्स डबल रुमको २१ हजार ९ सय ९९ रुपैयाँ, सिंगलको १८ हजार ९ सय ९९ रुपैयाँ, बेष्ट भ्यू डिलक्स डबल रुमको १९ हजार ९ सय ९९, सिंगल रुमको १६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । त्यसैगरि स्टाण्डर्ड भ्यू डिलक्स डबल रुमको १८ हजार ९ सय ९९ रुपैयाँ, सिंगल रुमको १५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

पाहुनाले बालकोनी सहितको डिलक्स रुममा बस्न पाउनेछन् । दसैं विशेष ब्रेकफास्ट र डिनरको स्वाद पनि लिन पाउनेछन् । हरेक दिन कलाकारले लाइभ म्युजिक प्रस्तुत गर्नेछन् । पोखरा एअरपोर्ट र लेकसाइडबाट सटल बसको सुविधा पनि उपलब्ध रहेको आवासीय प्रवन्धक गुप्त गिरीले जानकारी दिए । पाहुनाको इच्छा अनुशार योगा तथा मेडिटेसनका सेसन पनि चल्नेछ । गाइडका साथमा मर्निङ वाक पनि जान पाउनेछन् ।

पाहुनाले रिसार्टबाट रुपा ताल, वेगनास ताल, पोखरा तथा वेगनास क्षेत्रका साथै मनोरम हिमश्रृंखला तथा हरियाली दृष्य अवलोकन गर्न पाउनेछन् ।

टिप्पणिहरु
Loading...