
काठमाडौं । प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। उक्त सवारीले उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक – पिपुल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार – एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो।
यी दुई अवार्डले मलेसियाको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले प्राप्त गरिरहेको विश्वास र स्वीकार्यतालाई प्रतिबिम्बित गर्छन्। पिपुल्स च्वाइस अवार्डले उपभोक्ताको रोजाइ र विश्वासलाई सम्मान गरेको छ भने एडिटर्स च्वाइस अवार्डले अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्याङ्कनका आधारमा यसको समग्र गुणस्तर, उपयोगिता र मूल्यलाई मान्यता दिएको छ।
यो उपलब्धिले आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधासहित विद्युतीय सवारीलाई थप सहज र पहुँचयोग्य बनाउने प्रोटोनको प्रतिबद्धतालाई थप बलियो बनाएको कम्पनीले जनाएको छ ।
नेपालमा प्रोटोन सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. नेपाली ग्राहकका लागि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका सवारी साधन तथा नवीनतम मोबिलिटी समाधान उपलब्ध गराउन प्रतिबद्ध रहेको बताइएको छ। प्रोटोन मलेसियासँगको सहकार्यमा कम्पनीले बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई भरपर्दो र सहज सवारी स्वामित्वको अनुभव प्रदान गर्ने लक्ष्यसहित नेपालमा प्रोटोनको उपस्थिति थप सुदृढ बनाउँदै आएको छ।
प्रोटोन ई.मास ७ को सफल परिचयपछि प्रोटोन ई.मास ५ को आगमन नेपालमा कम्पनीको विद्युतीय मोबिलिटी विस्तारको अर्को महत्वपूर्ण कदम रहेको कम्पनीले दावी गरेको छ। विद्युतीय सवारीको प्रयोगप्रति जनचेतना र उपभोक्ताको विश्वास अभिवृद्धि गर्दै विश्वस्तरीय अटोमोबाइल प्रविधिलाई नेपाली उपभोक्तामाझ अझ नजिक पुर्याउने लक्ष्य जगदम्बा मोटर्सले राखेको छ।


