Admission Open

इनरुवा नगरपालिकाका मेयर भण्डारीद्वारा ४ करोडको जग्गा निःशुल्क दिने घोषणा : श्रीप्रसाद–धर्मशिला प्रतिष्ठान बन्ने

#दीपक निरौला


सुनसरी/इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले १९ कठ्ठा जग्गा राज्यलाई निःशुल्क दिने स्वघोषणा गरेका छन् । उनले दिने जग्गामा वृद्धाश्रम, आँखा अस्पताल र १५ शैयाको आयुर्वेद अस्पताल हुनुपर्ने शर्त राखेका छन् ।

२०१४ सालमा उनका पिता स्व. श्रीप्रसाद भण्डारीले इनरुवाको बलाहामा रहेको शारदा मा.वि वलाहालाई निःशुल्क जग्गा प्रदान गरेका थिए । आज उक्त स्कूलमा शिशु कक्षादेखि बी.ए सम्मका कक्षा सञ्चालन भइरहेका छन् । निकट भविष्यमा मास्टर डिग्री सञ्चालनको तयारीमा रहेको छ । मेयर भण्डारीले स्कुल जाने वितिक्कै जग्गादाताका सन्तान भनेर अर्कै सम्मान पाउने गरेको अनुभव सुनाए ।

दान दिनु, मीठो बोल्नु र सहीकुरा ठम्याउने शक्ति अभ्यास गरेर पाईदैन । यो कुरा भाग्यमा लिएर नै आउनु पर्छ । वर्तमान अवस्थामा राजनैतिक व्यक्तिहरु राज्यलाई दोहन गर्ने कर्ममा तल्लिन रहेका छन् । जसका कारण जनतामा राजनीतिप्रति वितृष्णा पैदा हुन सुरु भईसकेको छ । यसको उदाहरण भरखरै सम्पन्न स्थानीय निकायको चुनावले देखाइ सकेको छ। जसको परिणाम स्वतन्त्र व्यक्तिहरु देखा परेका छन् । पुराना रैथाने भनाउँदा पार्टीका नेताहरु आफूलाई राजनीतिको ठेकेदार सम्झेर बरबराउन थालिसकेका छन् ।

मृदुभाषी स्वरका धनि केदार भण्डारीले आफू लिन नभएर दिन आएको बताए । राजनैतिक व्यक्तित्व भनेको खरावै हो भन्ने सोचलाई परिमार्जन गर्न आफूले उदाहरणीय काम गर्न लागेको बताए । पिताले स्कुलका लागि जग्गा दिदा आफूहरु सकिएर होइन फैलाएर गएको समेत उनले स्मरण गरे । साविक इनरुवा न.पा वडा नं. १० बलाहाको पूर्वतर्फ रहेको देवेन्द्र चोक नजिकै रहेको १९ कठ्ठा जग्गा दिने ठूलो साहस उनले गरेका छन् ।

विषेशगरी इनरुवाको बलाहाबाट बसाई सर्ने क्रम अत्यधिक रहेकोले त्यसलाई रोक्नका लागि पनि केही गर्नैपर्ने अवस्था आएको उनले बताए । सुरक्षा र सुविधाले भरिपूर्ण भएको यो क्षेत्रमा यस्ताखाले प्राजेक्ट भित्र्याउन सके बसाईसराईंको गतिलाई कमगर्न सकिने उनको ठहर छ ।
इनरुवा क्षेत्रमा वृद्धवृद्धालाई आफ्ना मनका भावना साटासाट गर्ने थलो कतै पनि नएकोले मेयरले परिकल्पना गरेको पाइलट प्रोजेक्ट साँच्चैनै व्यवहारिक हुने देखिन्छ । उनका पिता श्रीप्रसाद तथा आमा धर्मशिला भण्डारीको नाम जोडेर श्रीप्रसाद–धर्मशिला प्रतिष्ठान नामाकरण जुराएका छन् । आशा छ धेरै मनभएका व्यक्तिले आफूले सकेको सहयोग गरी यो क्षेत्रलाई उर्वर बनाउने कार्यमा निरन्तरता दिनुनै हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...