Admission Open

सेयर बजारमा झिनो सुधार, १ अर्ब २६ करोडको कारोबार

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार आएको छ । पहिलो कारोबार दिन आइतबार ३३.३६ अंकले घटेको नेप्से आज आज नेप्से ३ दशमलव ७६ अंकले बढेर एक हजार नौ सय ९३ दशमलव शून्य २ विन्दुमा पुगेको छ ।

आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब २६ करोडको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज १३ समूहको कारोबारमा भएकामा चारवटाको सूचक घटेर बाँकी समूहको बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव १५ अंकले घटेर एक हजार तीन सय ३८ दशमलव ८२ अंकमा झरेको छ ।

त्यस्तै, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक घटेका छन् । विकास बैंक समूहको सूचक भने २८ दशमलव २८ अंकले बढेर तीन हजार पाँच सय ७३ दशमलव ८६ अंकमा, जलविद्युत समूहको सूचक ६ दशमलव ९२ अंकले बढेर दुई हजार तीन सय १० दशमलव ४७ अंकमा चढेको छ ।

निर्जिवन बीमा समूहको सूचक सात दशमलव नौ अंकले बढेर सात हजार नौ सय ६२ दशममलव ३१ अंक, फाइनान्स, जीवन बीमा, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक र अन्य समूहहरूको सूचक पनि बढेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...