Admission Open

पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आयो, नेपालमा के हुन्छ ?

काठमाडौं :भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) इन्धनको मूल्य घटाएर पठाएको हो ।

भारतबाट पेट्रोलमा १६ रुपैयाँ ८० पैसा र डिजल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य घटेर इन्धन नेपाल आएको छ ।

त्यसैगरी हवाई इन्धनमा ९ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपीजी ग्याँसमा प्रतिसिलिण्डर ७८ रुपैयाँ घटेर आएको छ ।

भारतबाट मूल्य घटेर आएको भए पनि नेपालमा मूल्य घट्ने नघट्ने एकीन छैन । आयल निगमले बोर्ड बैठक बसेपछि मात्रै घट्नेबढ्ने निर्णय गर्ने जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...