Admission Open

ad place

फेरि बढ्यो इन्धनको मूल्य, डिजेलमा प्रतिलिटर ९ र पेट्रोलमा २ रुपैयाँ बृद्धि

काठमाडौँ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य बृद्धि गरेको छ ।

निगमले पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा ९ रुपैयाँ मूल्य बढाएको छ । हवाई इन्धन आन्तरिकमा पाँच रुपैयाँ बढाएको छ ।

एलपी ग्याँसको भने मूल्य भने बृद्धि गरिएको छैन ।

यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रुपैयाँ डिजेल र मट्टितेलमा २९ रुपैयाँ घटाएको थियो र
भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा मूल्यबृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

हेर्नुहोस् मूल्य सूची :

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...