Admission Open

ad place

भारतीय आयल कर्पोरेसनबाट बढेर आयो इन्धनको मूल्य : नेपालमा के हुन्छ ?

काठमाडाैं : भारतीय आयल कर्पोरेसन (आईओसी)ले फेरि इन्धनको मूल्य बढाएको छ । आईओसीबाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको नेपाल आइल निगमले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आईओसीले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । निगम स्रोतका अुनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसा, मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसा, हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले थप महँगो भएर आएको छ ।

भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ ।

हाल निगमले आईओसीलाई बुझाउनुपर्ने करिब ११ अर्ब रुपैयाँ बक्यौता बाँकी रहेको छ । अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...