Admission Open

गायिका लिला गोम्देन राईको ‘याद ‘ बजारमा

[ कला, गला र शब्दको उत्कृष्ठ संयोजन ] गरिएको गीत याद बजारमा

काठमाडौँ  : गायिका लिला गोम्देन राईको ‘याद’ नामक गीत OSR Digital बाट बजारमा आएको छ।

उक्त गीतमा लिला गोम्देन राई र राजेश पायल राईको स्वर रहेको छ । यस सुमधुर गीतमा वरिष्ठ संगितकार शिवसंगम राईको संगित रहेकोछ। याद नामक गीतमा लिला गोम्देन राईको आफ्नै शब्द संयोजन रहेको छ ।

लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशनमा तयार भएको उक्त गीतमा जिम्वे राई र लक्ष्मी बर्देवाको अभिनय रहेकोछ । त्यसैगरी गीतको एरेन्ज, मिक्सिङ्, रेकर्ड सुन्दर लामाले गरेका छन् । उक्त गीतको रेकर्डिङ भने यु के मा बिसि राईले गरेका हुन ।

प्रेम वियोग कथामा आधारित यस गीतको निर्माण डिल्लीराम राईले गरेका हुन । शब्द, संगीत, गायन र भिडियो मेकिङ् समेत सबै कुराको तालमेलले गर्दा गीत निकै सुन्दर बनेको छ ।

यस गीतले संगितप्रेमी स्रोताहरुको मन जित्नेछ भन्ने अपेक्षा निर्माण पक्षको रहेको छ ।

टिप्पणिहरु
Loading...