Organ Donation

Organ Donation

Mangalam Pipes

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘तिलिचो ताल’ सार्वजनिक

काठमाडौं : विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच सोमबार पाँच हजार एकसय पाँच उचाईमा तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता र संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राई लगायतको आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । सो अवसरमा उक्त उचाईमा लाइभ प्रस्तुति गरिएको गीतको सिडी एल्वम पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले यो उचाईमा गएर प्रत्यक्ष प्रस्तुतिका साथै भिडियो छायाँकन गरेर सार्वजनिक गरिएकोमा डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो ।

सागर अधिकारी ‘शरद’को स्वर तथा छायाँकन, भेषप्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज र कुमार केसीको माष्टरिङ रहेको छ गीतमा ।

महेन्द्र चन्दको ‘माइकल’को निर्देशन रहेको गीतको भिडियोमा पुष्प खडका र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन र अनिता ग्वाच्छाको श्रृङ्गार रहेको भिडियो डीआर क्रियशनमार्फत सार्वजनिक गरिएको छ ।

टिप्पणिहरु
Loading...