Admission Open

अब पुतलीसडकमा पनि इम्पायर एजुकेसनको शाखा कार्यालय

काठमाडौं : इम्पायर एजुकेसन एण्ड भिजा सर्भिसेसको नयाँ शाखा काठमाडौंको पुतलीसडकमा खुलेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको कन्सल्टेन्सीले पुतलीसडकस्थित पुतली हब विल्डिङको सातौं तलामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्णसदनको आठौं तलामा प्रधान कार्यालय रहेको कन्सल्टेन्सीका अन्य शाखाहरु पोखरा, चितवन र बुटवलमा पनि छन् । अष्ट्रेलियाका सिड्नी, ब्रिसवेन, फिलिपिन्स, भारत र भुटानमा पनि इम्पायरको शाखाहरु सञ्चालनमा छन् । कन्सल्टेन्सीले अष्ट्रेलिया, युके, क्यानडा, युएसए लगायतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

कन्सल्टेन्सीले दक्ष, अनुभवी तथा सर्टिफाइड काउन्सिलरबाट परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रवन्ध निर्देशक प्रीया थापाले बताइन् । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई हामीले आवश्यक पर्ने सम्पूर्ण सूचना इम्पायर एजुकेसनबाट प्रदान गर्दै आइरहेका छौं,’ उनले भनिन् ।

सन् २००६ मा अष्ट्रेलियाको ब्रिसवेनबाट सेवा सुरु गरेको इम्पायर एजुकेसनमा विद्यार्थीको आकर्षण राम्रो रहेको थापाले बताइन् । शिक्षा तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका स्वतन्त्र प्रताप शाह कम्पनीको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । कन्सल्टेन्सीको ब्राण्ड एम्बास्डरको भूमिकामा चर्चित कलाकार अनमोल केसी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...