Admission Open

आर्यन र रुबिना अभिनित ‘मेरी सानी’ सार्वजनिक

काठमाडौं : गायक रविन लिम्बुको सुमधुर स्वरमा सजिएको ‘मेरी सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतलाई  डि.पी खनाल र सदु खनालले सयुक्त रुपमा लेखेका हुन्।  गीतमा शंकर थापा ‘स्माइल’ संगीत रहेको छ भने विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

सहरमा भएको  प्रेमी र गाउँमा भएकी प्रेमिकाबीचको मिठो सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा नायक आर्यन सिग्देल र रुबीना थापा फिचर्ड छन्।  सुरेश पाण्डेले कोरियोग्राफी गरेको भिडियोलाई हिमाल श्रेष्ठले छायाँकन गरेका हुन्।  अर्जुन जिसीले सम्पादन गरेको भिडियोलाई सौरभ लामाको निर्देशनमा तयार पारिएको हो।  भिडियो ‘डश म्युजिक’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...