Admission Open

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न

काठमाडौं : महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न भएको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा उक्त क्रिकेट लिग आयोजना गरेको थियो ।

बैंकले क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । यहि जेठ १३ देखि १५ गते (तिन दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधी आईसीएफसी फाइनान्स लिमिटेडले जितेको छ । प्राइम बैंकले द्वितीय र कामना सेवा विकास बैंकले तृतिय भएका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सोमबार काठमाडौंमा आयोजित कर्यक्रममा विजेता आईसीएफसी फाइनान्स, द्वितीय प्राइम बैंक, तृतिय कामना सेवा विकास बैंक, उत्कृष्ट फिल्डर आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना, उत्कृष्ट विकेट–किपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्तकुमार श्रीवास्ताव, उत्कृष्ट खेलाडी प्राइम बैंकका क्रितार्थ शाक्यलगायत ३२ खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई म्यान अफ दि म्याचको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै, उत्कृष्ट फिल्डर आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना, उत्कृष्ट विकेट-किपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्त कुमार श्रीवास्ताव, उत्कृष्ट खेलाडी प्राइम बैंकका क्रितार्थ शाक्य लगायत ३२ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई म्यान अफ दि म्याचको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले क्रिकेट लिगलगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरुबीच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखि उनिहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए ।

त्यस्तै, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समूह निर्माण गर्न, नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुँदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...