
काठमाडौँ : डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् ।
कैलालीकाे धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्याइएकाे छ । कम्तिमा २५ जना घाइते भएकाे र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए ।
दुर्घटनाकाे कारण भने खुल्न सकेकाे छैन ।


