Admission Open

वितरण गर्न लागिएको ११० थान साडी बरामद

काठमाडौं : प्रहरीले निर्वाचन आचारसंहिता विपरीत काठमाडौंको चन्द्रागिरि नगरपालिकाबाट महिलालाई वितरण गर्न लागिएको ११० थान साडी शनिबार बरामद गरेको छ ।

प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले साडी बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उक्त नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट आचारसंहिता विपरीत स्थानीय महिलालाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी टोलीले साडी बरामद गरेको जनाइएको छ ।

उक्त साडी चन्द्रागिरि नगरपालिका–८ को वडा कार्यालयको भवनबाट स्थानीय महिला समूहलाई वितरण गर्न तयारी अवस्थामा राखिएको फेला परेको थियो । चन्द्रागिरि नगरपालिका–८ का अध्यक्ष सन्तोष खड्काले शुक्रबार एक सूचनामार्फत महिलाहरुबाट साडी पाऊँ भनी निवेदन परेकाले सोही आधारमा साडी बुझिलिन आज आउन भनी आग्रह गरेका थिए । उक्त कार्यक्रम निर्वाचन आचारसंहिता विपरीत हो । (रासस)

टिप्पणिहरु
Loading...