NIC ASIA

Mangalam Pipes

काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ का लागि कुमारी जब र मैनादेवी फाउन्डेसनबिच सहकार्य

काठमाडौं : कुमारी जब रमैनादेवी फाउन्डेसनबिच आगामी “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२” का लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कुमारी जब यस कार्यक्रमको आधिकारिक करियर पार्टनर रहेको छ ।

कुमारी जबका प्रबन्ध निर्देशक श्री. सन्देश भण्डारीले भन्नुभयो, “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ का लागि सहकार्य गर्न पाउँदा हामी धेरै खुसी छौँ । वास्तवमा हामी सबैले यस्ता वातावरणीय समस्याहरू समाधान गर्न हातेमालो गर्नुपर्छ र युवाहरू यस्ता गतिविधिहरुको महत्वपूर्ण अंश हुन् । साथै नेपालको रोजगारी क्षेत्रलाई पनि यस्तै सचेत र क्रियाशील युवाहरुको खाँचो छ ।”
भण्डारी आफैं पनि युवा उद्यमी हुनु भएकोले समय–समयमा यस्ता साझेदारीहरु गरिरहनु पर्ने विश्वास राख्नुहुन्छ ।
काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ एक दिने कार्यक्रम हो जहाँ सहभागीहरूले ९० मिनेटमा ६ किलोमिटर दौडदै फोहोर सङ्कलन गर्नु पर्ने हुन्छ । सहभागीहरूले दुईजनाको टोली बनाउनु पर्नेछ र तोकिएको समयभित्र सबैभन्दा बढी फोहोर सङ्कलन गर्ने ५ वटा टोलीलाई विजेता घोषणा गरिनेछ ।

सामाजिक कार्यकर्ता श्री. के. पी. खनाल भन्नुहुन्छ, “यस सामाजिक कार्यमा हातेमालो गरेकोमा म कुमारी जबलाई धन्यवाद दिन चाहन्छु । एक सामाजिक कार्यकर्ताको हैसियतले हामी सबै मिलेर हाम्रो शहरलाई सफा राख्नुपर्छ भन्ने मेरो विश्वास छ र यसका लागि हामी सबै एकजुट हुनुपर्छ ।

यो रेसमा सबै जना सहभागी हुन सक्नेछन् र यसमा सहभागी हुन पेवेल एप मार्फत निःशुल्क रुपमा दर्ता गर्न सकिन्छ । यही वैशाख १० गते शनिबार बिहान ७ बजे इम्पेरियल बिजनेस कलेज, हात्तीसारबाट शुरु हुने दौडका विजेताले ५० हजार नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।

नेपालको अग्रणी जब पोर्टल कुमारी जब यस्ता संस्थागत उत्तरदायित्व मुलक सामाजिक अभियानहरुमा सक्रिय रुपले सहभागी हुदै आएको छ र यो वर्ष काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ सँगै अन्य थुप्रै गतिविधिहरु गर्दै जाने उद्देश्य लिएको छ । मुख्यतया युवाहरु कार्यरत यस संस्थाका कर्मचारीहरु समाज र वातावरणप्रति सकारात्मक योगदान पु¥याउन प्रतिवद्ध छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...