Admission Open

ad place

घट्यो, सुन-चाँदी : सुन प्रतितोला ३ सय र चाँदी प्रतितोला ५ सय घट्यो

काठमाडौँ, २३ चैत : सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैंयाले घटेर ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ ।

यसको मूल्य मङ्गलबार प्रतितोला ९८ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ३ सय ३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१९ डलर आसपास कारोबार भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...