Admission Open

ad place

कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

जाजरकोट : कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँ–गाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने भएको छ । दश जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित पठाएको छ ।

विज्ञसहितको टोलीले २४ फगुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर तालिमप्राप्त कर्मचारी जिल्लामा पठाएको हो । दश कर्मचारीलाई तालिमपछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।

तालिममा सिकेको सीप अधिकतमरूपमा प्रयोग गरिने सहभागीले बताएका छन् । प्रत्येक जिल्लामा एकवटा पर्ने गरी पानीको शुद्धता मापन मेसिन पठाएको छ । प्रत्येक मेसिनलाई दुई लाख ९० हजार रूपैयाँमा खरिद गरी १० मेसिन जिल्लामा वितरण गरिएको मन्त्री सिंह बताउँछन् ।

कर्णालीका सबै पालिकामा माग भएअनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गर्ने अभियान सुरु भएको छ । फोहर पानी पिउँदा धेरैलाई पानीजन्य रोग देखापरेको रिर्पोटका आधारमा पानी परीक्षणको काम सुरु गरिएको मन्त्री सिंहले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...