Admission Open

ad place

मोहन चाम्लिङद्वारा निर्देशित मेरो यो आँसु बोलको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ : मोहन चाम्लिङद्वारा निर्देशित मेरो यो आँसु बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । कलाकारद्वय गिरी विश्वकर्मा र रजिना अर्यालको मुख्य भुमिका रहेको उक्त भिडियोमा विशेष भुमिकाको रुपमा कलाकारहरु थमानसिं पुर्जा पुन, विष्णु ठकुरी साथै सुशान्त गजुरेललाई देख्न सकिन्छ ।

भक्तपुरको गुन्डु लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा थियटरका कलाकारहरुको जीवन्त अभिनय, विश्वसनीय कथावस्तुका साथसाथै गीतका मार्मिक शब्द, संगीत अनि गायकीले गर्दा दर्शकको मन जित्नेमा विश्वस्त देखिन्छन् निर्देशक मोहन चाम्लिङ ।

सुधाकर संगीत र ईश्वरी सिँहको सबल शब्द, मनोज चौलागाईंको एरेञ्ज, सुधाकर संगीतको संगीतमा उदाउँदो गायक कौशलराज खड्काको जादुमय स्वरले सुगन्ध थपेको छ । यमुना आचार्यको मेकअप, टुकछनको छायांकन र सम्पादन रहेको भिडियोमा कुमार गजुरेलले क्रियटिभ डिरेक्टरको कार्यभार सम्हालेका छन् । उक्त म्यूजिक भिडियोलाई कुमार गजुरेल यूट्यूब च्यानलद्वारा प्रस्तुत गरिएको छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...