धादिङ : पृथ्वी राजमार्गको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदि माथी स्काइ रोप साइक्लिङ निर्माण गरेको छ ।
काठमाडौंबाट ७० किलोमिटर दुरिमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काइ रोप साइक्लिङ तयार भएको रिसोर्टका सन्चालक उद्वब कंडेलले बताए ।
एक करोड लगानीमा साइक्लिङ तयार भएको छ । कंडेल थप्छन् ‘यसमा जोडि नै एकैसाथ खेल्न मिल्छ । यसरी दुबैजना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काइ रोप साइक्लिङ हो ।’