Admission Open

ad place

कोरोना अपडेट : परीक्षण ९७५६, थप संक्रमित ६३९, मृत्यु ३, संक्रमण्ममूक्त १६०० जना

काठमाडौं, ४ फागुन : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ सय ३९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ५६ को परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या नौ लाख ७४ हजार ४ सय ९३ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ४४ रहेको छ । पछिल्लो समय थप एक हजार ६ सय संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४४ हजार ३ सय ३७ पुगेको छ ।

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस संक्रमणबाट हुने मृत्यु दर १।२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय दुई लाख १४ हजार १ सय ३ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १८ हजार २ सय ५१ रहेको छ । अहिले होम आइसोलेसनमा १७ हजार ५ सय ८० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ६ सय ७१ आइसीयुमा १ सय ५६ र भेन्टिलेटरमा २६ जनाले उपचार गराइरहेका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...