Admission Open

ad place

नेप्सेमा दोहोरो अंकको ओरालो

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार पनि दोहोरो अंकले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ११.९६ अङ्कले घटेर दुई हजार ८०१.५६ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७० अङ्कले ओरालो लागेर ५२७.२८ मा ओर्लेको छ ।

नेप्सेको ओरोलो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २ सय २७ कम्पनीको ६९ लाख ५० हजार ८ सय ३८ कित्ता शेयर तीन अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३ सय ५० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ५९ अर्ब ६४ करोड ८५ लाख ३० हजार रुपैयाँको आसपास ओर्लेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । व्यापार ४६.४६, अन्य १२.५१ र सामूहिक लगानी कोष ०.०३ अङ्कले उकालो लागेको छ । यस्तै बैंकिङ १०.७९, होटल तथा पर्यटन १९.७२, विकास बैंक २८.९१, जलविद्युत् २७.७६, वित्त १२.७५, निर्जीवन बिमा ८१.०७, उत्पादन १.२९, लघुवित्त ३७.२५, जीवन बिमा १३.३७ र लगानी ०.५६ अङ्कले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको २५ करोड ४८ लाख ३९ हजार ५ सय ६४ बराबरको कारोबार भयो । यस्तै नेशनल हाइड्रोपावर २२ करोड ४० लाख १५ हजार ४ सय ५९, आइएमई जनरल इन्स्योरेन्स १९ करोड ८१ लाख ८७ हजार १ सय ४६, अरुण भ्याली हाइड्रोपावर १६ करोड २६ लाख ३८ हजार ९ सय ५४ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १५ करोड ७१ लाख ६० हजार २ सय २९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार नबिल इक्विटी फण्ड २.७६, सिन्धु विकास बैंक २.२०, कुमारी इक्विटी फण्ड २.०७, एनएमबी फिप्टी २.०६ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले २.०६ प्रतिशतले कमाए ।

त्यस्तै मिथिला लघुवित्त ४, ग्लोबल आइएमई समुन्नत स्किम एक ३.२०, नेरुडे लघुवित्त विकास बैंक ३.२०, नेपाल फाइनान्स ३.१० र बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३.०६ प्रतिशतले गुमाए । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...