Admission Open

आज ३ अर्ब ४६ करोडको शेयर कारोबार : नेप्से दोहोरो अंकले उकालो

काठमाडौँ, ११ माघ : साताको चौंथो दिन आज पनि सेयर बजार परिसूचक (नेप्से) बढेको छ । हिजो ८ दशमलव १४ अंकले बढेर २ हजार १ सय ७३ दशमलव २४ अंकमा पुगेको नेप्से आज १० दशमलव ३७ अंकले बढेर २ हजार १ सय ८३ दशमलव ६२ अंकमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार भने सार्वजकि बिदा परेको थियो ।

आज कुल २६१ कम्पनीको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ६५ लाख कारोबार भएको छ । आज नेशनल हाइड्रो, हिमाल दोलखा हाइड्रो, ग्रीनलाइफ हाइड्रो, अपर तामाकोशीसहितका कम्पनीको धेरै कारोबार भएको छ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार हुँदा तीन वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ४६ अंकले घटेर १४ सय सात दशमलव २० अंकमा झरेको छ।

फाइनान्स र अन्य समूहको सूचक घटेका छन् । बिकास बैंक समूहको सूचक भने २८ दशमलव २४ अंकले बढेर तीन हजार आठ सय ७१ दशमलव ३३ अंकमा चढेको छ। जलबिद्युत समूहको सूचक पनि ३६ दशमलव ५५ अंकले बढेर २७ सय पाँच दशमलव ३१ अंकमा चढेको छ।

जीवन बीमा समूहको सूचक दुई सय ६६ दशमलव १६ अंकले बढेर १० हजार आठ सय ९३ दशमलव ६५ अंकमा चढेको छ। निर्जिवन बीमा समूहको सूचक पनि एक सय ८९ दशमलव २९ अंकले बढेर नौ हजार तीन सय ४३ दशमलव ७२ अंकमा चढेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...