काठमाडौँ, २५ माघ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १६।३० अङ्कले ओरालो लागेर दुई हजार २८३५।५८ अंकमा ओर्लेको हो ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अंकले ओरालो लागेर ५३२.४९ मा ओर्लेको छ । कारोबार मापक परिसूचक ओरालो
कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३५ करोड ८५ लाख १२ हजार ४ सय ३२ रुपैयाँ बराबरको कारोबार भयो । अपि पावर कम्पनी ३३ करोड दुई लाख ८० हजार ९ सय ५९, नेपाल पूर्वाधार बैंक ३२ करोड ३३ लाख एक हजार ८६, माथिल्लो तामाकोशी ३२ करोड आठ लाख ५ सय ९८ र एचआीडसिएल ३० करोड १२ लाख ५१ हजार ३ सय ५२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार नेपाल इन्स्योरेन्स ३.८३, बुद्धभूमि नेपाल हाइड्रोपावर ३.४४, राष्ट्रिय बीमा कम्पनी २.९९, विन नेपाल लघुवित्त २.५६ र एनएमबी हाइब्रिड फण्ड एक का लगानीकर्ताले २.२७ प्रतिशतले कमाए । विलर्टी इनर्जी कम्पनी ६.२७, नेपाल हाइड्रो डेभलपर्स ५.१, बोटलर्स नेपाल तराई ३.९५, युनिभर्सल पावर कम्पनी ३.६३ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ३.२५ प्रतिशतले गुमाए ।
लागे पनि कारोबार रकम भने मंगलबार सामान्य वृद्धि भएको छ । कूल २ सय ३० कम्पनीको एक करोड २० लाख ५३ हजार ७ सय ५१ कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९ सय ८५ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब सात अर्ब ७२ करोड ४१ लाख २० हजार रुपैयाँ बराबर रहेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । व्यापार २.६८, होटल तथा पर्यटन ३.७४, निर्जीवन बीमा ५६.२२, उत्पादन २७.५४ र सामूहिक लगानी कोष ०.०८ अंकले उकालो लागेको छ । बैंकिङ ६.४७, विकास बैंक ५१.२१, जलविद्युत् ५३.६५, वित्त ९.२, अन्य २.१, लघुवित्त ३५.३७, जीवन बीमा १६८.५४ र लगानी १.५२ अंकले ओरालो लाग्यो ।