Admission Open

ad place

रिटर्न व्याक दीपिका

काठमाडौँ : म्युजिक भीडियो, मोडलिङ र निर्देशन एवं टेलिचलचित्रकी अभिनेत्री तथा मोडल दीपिका भट्टले आफूलाई पूनः भिडीयो निर्देशनमा रिर्टन व्याक गराएकी छिन् । अभिनय एवं निर्देशन दुबैमा रुचि राख्ने दिपिका गीतकारसमेत हुन् ।

विभिन्न टेलिसिरियलहरु गर्ने गरेकी दिपिका भट्टले आफ्नो जन्मदिनकै अवसर पारेर पूनः म्युजिक भिडियो निर्देशन शुरु गरेकी छिन् ।

म माया गर्छु उसलाई… बोलको यो गीतलाई उनले निर्देशन गरेकी हुन् । दीपिका भट्टको आफ्नै शब्द रहेको गीतको संगीत वसन्त सापकोटाले गरेका छन् भने स्वर इन्दिरा जोशीको रहेको छ । गीतको भीडियोलाई डम्बर राईले छायांकन गरेका छन् भने मोडलका रुपमा पवित्रा भट्टराई तथा अर्पण दाहाल रहेका छन् । रोमान्टिक फ्लेवरको यो गीतमा पुजारी र मोडर्न केटीविचको प्रेम कथा दर्शाइएको निर्देशक भट्टले बताएकी छिन् । गीत चाँडै रिलिज गरिने लक्ष्य राखिएको भट्टले बताईन् । अब निरन्तर रुपमा भिडियो निर्देशनमा लाग्ने लक्ष्य राखेकोले यो गीतबाट निर्देशनमा रिटर्न व्याक गरेको दीपिकाको भनाइ रहेको छ ।

टिप्पणिहरु
Loading...