Admission Open

ad place

श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ सार्वजनिक

काठमाडौँ : साहित्यकार श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ सार्वजनिक भएको छ । बुक्स हिमालयले प्रकाशित गरेको बालकथा सङ्ग्रहमा मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडुन्, पारुको पढाइ, र बुबाको एसएमएस सहित ७ कथाहरू समावेश छन्।

बालकथा सङ्ग्रह ‘पोलेको मकै’लाई सर्जक गङ्गा कर्माचार्य पौडेलले सम्पादन गरेकी हुन् । राजकुमार प्रजापतिको चित्र रहेको बालकथा सङ्ग्रह ‘पोलेको मकैको मूल्य रु ९९ सय रुपैयाँ रहेको छ। ‘पोलेको मकै’ को बजार व्यवस्थापन हिमालय म्याप हाउस प्रालिले गरेको छ।

पहाडी भेगका विषयवस्तुलाई रमाइलो तरिकाले पुस्तकमा प्रस्तुत गरिएको छ। बालकथा सङ्ग्रह ‘पोलेको मकै’ मा बालमनोविज्ञानलाई ध्यान दिइएको छ। कथाहरू रमाइला र शिक्षामूलक रहेको प्रकाशकको दावी छ । कथा सङ्ग्रह विद्यालय तहका सबै विद्यार्थीहरूका लागि उपयोगी हुने कथाकार राईको भनाई छ ।

राईको यसअघि ‘टोली नेता’ (बालकथा सङ्ग्रह–२०७४), आजका लघुकथा (संयुक्त लघुकथा सङ्ग्रह–२०७४) आदि कृति प्रकाशित छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...